एक्कासी तिमीमा सिन्दुर देखें
खुशी त थिइनौ मज्बुर देखें
सजाको प्रेम मुटु भित्र कुनामा
आँखा कै अगाडि चक्नाचुर देखें
एक्कासी तिमीमा सिन्दुर देखें
गाली गरु, भनु के तिमीलाई
न तिम्रो न मेरो, कसुर देखें
एक्कासी तिमीमा सिन्दुर देखें
कस्ले फकायो, कस्ले फसायो
तान्दैछ तिमिलाई, मधुर देखे
एक्कासी तिमीमा सिन्दुर देखें
रुन सकिनौ, मेरो हुन सकिनौ
ईच्छा त मनमा भरपुर देखें
एक्कासी तिमीमा सिन्दुर देखें
खुशी त थिइनौ मज्बुर देखें
पहिलो पटक प्रकाशित – 2013-06-06 13:58:29 +0900
