जिन्दगीको एउटै नाम तिमी भयौ
पवित्र त्यो एउटै धाम तिमी भयौ
भन्नेहरू जे जे भनून्, तिमी देउता
मन पराएँ हजार माझ, तिमी एउटा
जाने मेरो एउटै ठाम तिमी भयौ
पवित्र त्यो एउटै धाम तिमी भयौ
घृणाको बादल फटाई तिमी छाउँछौ
तिरस्कार सबै हटाई तिमी आउँछौ
पारिलो त्यो एउटै घाम तिमी भयौ
पवित्र त्यो एउटै धाम तिमी भयौ
बिना तामाङ’सुनगाभा’
काठमाण्डौं
