१)
आज ऊ मेरो घरमा आएकी थिई
मस्त बहार बनेर छाएकी थिई
तितो, पिरो, अमिलो सबै भुलाई
गुलियो रसबरी प्रीत लाएकी थिई
२)
जिन्दगी यो जीउनु एउटा क्रम हुन सक्छ
बाँचुन्जेललाई मृत्यु पनि भ्रम हुन सक्छ
बाँच्नु नै छ भने देखि गर मेहनत
भोलि बाँच्न आधार हुने श्रम हुन सक्छ
३)
सन्देश उसको आएको छ
बसन्त बहार छाएको छ
खुसी छु म धेरै नै आज
खसमले प्रीत लाएको छ
४)
रातै नहुँदो हो त दिनको के महत्व?
ब्याजै नहुँदो हो त ऋणको के महत्व?
बताससरी उड्ने समय छ र पो, नत्र
पलपल बितिजाने छिनको के महत्व?
बिना तामाङ’सुनगाभा’
काठमाण्डौं
