सृष्टि भयौँ किन हामी यहाँ
कति जन्मे गए ती कहाँ
जन्मनु मर्नु किन होला ?
सृष्ठिमा दृष्ठि गरे के होला
किन आयौँ कहाँ जाने हो
किन ल्यायो कहाँ लाने हो
गर्दै रहेछौँ के के हामी
अन्धकार भएछ नजानी
गर्नु पर्ने हामीले के के ?
मनुष्यले गर्दछन् जे जे
मनुष्य भै जन्मेपछि
गर्ने काम्मा हट्दैनौँ कति
महान पूर्व ब्यक्तिले झैँ
गर्दै रहन्छौँ कार्य सधैँ
कसरी बने तिनी महान्
किन बनेनन् अरु महान्
अमर भए ती ती गएर
शरीर गयो माटो भएर
हामी जान्दछौँ सबैलाई
कुरा गर्छौ न्किै बनाई
लक्षबिना अल्झिरहेछौँ
एक अर्काको निन्दा कहेछौँ
बन्दछोँ अल्छे झुटो बोल्छौँ
कसरी हामी महान बन्छौँ ?
होचो बनाई अरुलाई
बोल्छौँ हामी कुरा बनाई
सद्भावना छैन कसैको
प्रेमको गुण दुर’भो सबैको
एकअर्कोमा लुटी लुटी
धनी हुन्छोँ बनी बटुली
कुकार्यमा जो जो हुन्छन्
ठूला ठालू तिनी कहिन्छन्
स्व कर्णबहादुर माझी
