बाल बच्चा देश छोडी खोज्न आएँ चारो परदेशमा
जहाँ बग्छ त्यही सुक्छ पसिनाको धारो परदेशमा
आफ्नै खेत बारी जोत्दा अन्न झुल्दै फल्थ्यो मानामुरी,
धन फल्ने रुख छैन सुक्का जोड्न गाह्रो परदेशमा
हुलाकीले चिट्ठी ल्यायो चिट्ठीसँगै प्रश्न कति-कति,
जवाफमा ढाक छोप सत्य बोल्न साह्रो परदेशमा
झिली मिली शहरमा कालो मन हुने प्रसस्तै छ,
दु:ख पर्दा पर्म छैन मान्छे बन्यो आरो परदेशमा
केही धन केही खुशी जोडी घर फिर्ने सपना थ्यो,
अंग भंग हुनु पर्दा आयु भएन फारो परदेशमा
कल्पना राई “खुशी”
दोलखा नेपाल
हाल दक्षिण कोरिया
