Skip to content

पापीनीले छाडेर गै


हिड्दा हिड्दै पाईलै पिच्छे गन्नै छाडिन नि ।
आफनो माँन्छे मलाई पनि भन्नै छाडिन नि ।।

रिसको भारी बोकेपछि कस्को के नै लाग्छ र
आफनो माँन्छे पराई भए कस्ले माँया गर्छ र
डाँडापारी जुन जस्तै यो ज्यान एक्लो भइगयो
पापीनीले छाडेर गै मनको आसै मरी गइगयो

हिडदा हिडदै पाईलै पिच्छे….
आफनो मान्छे मलाई पनि ….

भाग्य मेरो खोटो रैछ कुन जुनिको पापले
माँया मेरो छोटो रैछ जन्म जातको स्रापले
बिष पिई मरू भन्छु मर्न मलाई गार्हो भो
यो संसार हेरी हेरी बाँच्न मलाई सार्हो भो

हिडदा हिडदै पाईलै पिच्छे गन्नै छाडिन नि ।
आफनो मान्छे मलाई पनि भन्नै छाडिन नि ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *