Skip to content

बाग्मती तिमी सधैँ बगिराख

  • by


पशुपतिनाथको आस्था बढाइराख
अविरल जलधारा चढाइराख
पवित्रता समुद्रसम्म लगिराख
बाग्मती तिमी सधैँ बगिराख

जता बग्छ्यौ उतै तीर्थस्थल
बाँचुन्जेल अचाउदै खान्छौँ जल
मानिससँग अँझ शुद्धता मागिराख
बाग्मती तिमी सधैँ बगिराख

तिमी अमृत तिम्रो दिव्य वरदान
फोहरमैलो हटाउने तिम्रो स्नान
सफा पार्दै युग युग जागिराख
बाग्मती तिमी सधैँ बगिराख

जीवनभर साथ रात र दिन
मरनपछि तिमीमै भष्म यो लीन
जोगाउछौँ हामी गन्तव्यमा लागिराख
बाग्मती तिमी सधैँ बगिराख

कविता थापा
क्यालिफोर्निया

Leave a Reply

Your email address will not be published. Required fields are marked *