नेपालमा बस्ने जति नेपाली हौँ सब
देशको लागि काम गर्न अघी बढ्छौँ अब
भो भो नरोऊ हे न्याउली चरी
हामी पनि आइपुग्यौँ अब त
हमी सब सकृय भै देशको काम गर्छोँ
देशको लागि काम गरी सबै यहीँ मर्छौँ
भो भो………………………..
कामगर्छौँ हामी देशको पसिना दिएर
अमर बन्छौँ देशमा हामी नाम कमाएर
भो भो ……………………………..
देशमा कोही यस्ता हुन्छन् बढी ठूलाठालु
गन्ने मान्ने हुन्छन् तिनै बन्छन् समाजालू
भो भो ………………………………….
गर्नु छैन काम केही समाजमा पैले
नाम खोज्छन् अमरमा पछि गई जैले
भो भो ……………………………….
हाम्रो समाज गएछ खेर बढी भए सामन्ति लौ धेर
गरिबलाई दली दली माथि चुलि इन्छन्
गरिब चैँ तिन्को काममा सधैँ भुलिरहन्छन्
हाम्रो समाज ……………………………
समाजमा यस्ता पनि फेला परिसके
त्यस्तै ब्यक्ति कोही कोही अमर बनिसके
हाम्रो समाज…………………………..
अब यस्तो दुर्व्यवस्था हटी जान्छ होला
अब हामी प्रयास गरौँ पछि हटी जाला
हाम्रो समाज उठ्दैछ भर्खर
हामी छौँ है विकासमा तर्खर
स्व कर्णबहादुर माझी
