म निदाउने कोठाहरूमा
प्रचण्ड गर्मीका प्रभाती रेशाहरू
यत्र तत्र छरिन्छन
जब म उठ्ने गर्छु
आलस्यपनले सताउछ मलाई
पानी पिउने आमखोरामा
उम्लिएर कता कता जलाउछ मलाई
यी आगोका मुसलधारे मुस्लोहरूले
मुटु भित्र भित्रै चोट दिई
पोल्छन डाम्छन दुखाउछन मलाई
कति दर्द छ
कति पीडा छ
तौलने न्याय घरहरू मौन बर्तले बेचैन छ
मेरा शरीरका अंग अंगमा बग्छन पसिनाहरू
बेहाल भै नदीका छाल झै
तब एउटा विशाल मांसपीण्ड
भौतारिन्दै निहुरिन्छ छहारीको अोत खोज्दै
ती निष्ठूरी शहरहरूमा
गर्हौ पनको मन लिएर उजाडिन्दै
शीतलताको बिश्राम पाउने अभिलाषामा
अन्जान मान्छे म
तर यी शहरहरू जहर जस्ता भएका छन
मान्छेहरू बिसालु साँप झै बनेका छन
डस्नु र डसाउनुमा कुनै अन्तर भिन्नता छैन
सबै सबैका मनहरू कंगाल भै
कालो मुडारिएको वादलले रंगिएका छन
सुख्खा मुडो झै मक्किएर धमिराले पोतिएका छन
अमृत पिउने थालहरूमा बिषादीको चोट छ
सज्जनलाई यहाँ औला औलामा नचाउने बोट छ
प्यासले भरिएर म हात फिजाउदै अघि अघि बड्ने गर्छु
पछि पछि मेरा हातहरूमा यौवनको मात भरिदिने
गीलासहरू थम्याई दिन्छन
नपिउने भइसकेको मान्छे म
आजकल त साँच्चै नै
पेट टन्न नभइन्जेलसम्म
आँखा धमिल्लिएर नतिरर्मिर्याएसम्म
टाउको फनफनिएर नघुमिन्जेलसम्म
प्यासी यौवनका फूलहरू
घुट घुटकी एक निमेसमा रीतिन्छन
बाटो बाटोका भट्टिपसलहरू यसरी नै रीतिन्छन
रित्याउने गर्छु अर्तनाद देखि
म गज्जबको भइसके
म अज्जंगको भइसके
कहिले काहीँ त पोखु पोखु लाग्छ
उन्मातले सजिएर मात्तिएको मात
कहिले काहीँ भनु भनु लाग्छ
प्रेम कहानीले बेस्सरी भत्किएको रात
पिएको क्षण नशा जस्तै लाग्छ
जिएको क्षण दशा जस्तै लाग्छ
कहिले काहीँ त
मरू मरू झै लाग्छ
यो बेसहरा मरूभूमि जस्तै शहरमा
आखिर सबै सबैले एक दिन त मर्नै पर्छ
को छ र अज्जम्बरी यहाँ ?
जति माँया लागे पनि जति माँया गरे पनि
यो हिमाल पहाड खोलानाला रंगीन संसार
यो धर्तीको सुवासिलो न्यानो काँख
छाडनै पर्छ
नदी जस्तै सललल बगी जाने मान्छेको
जिन्दगी यो
कहिले कहाँ कहिले कता
दाँया वाँया जता जता भए नि
जीवनका असरल खुडकिलाहरू
अच्चानोमा बज्रेको खुकुरी धार झै निर्दोष भै रेटिनु पर्छ
सयौ घुम्ती र मोडहरू बिरक्तिएर पार गर्नु पर्छ
हो एक दिन त सबै सबैले यहाँ रहेर नै मर्नै पर्छ
अवस्य माँटो होकी खोला
ढल्कि जाने जीवन यो अग्निजल त तर्नै पर्छ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *