सानु तिम्री बहिनीले मलाई नजर लाएकी छन्
सँगै जिउँ भिनाजु भन्दै पछि लाएकी छन्
लुकी लुकी फोन गर्छिन्, मिठा मिठा बात गर्छिन्
तिमी घर नहुँदा मलाई भेट्न धाएकी छन्
सानु तिम्री बहिनीले मलाई नजर लाएकी छन्
बिन्ती माया गर्नु भन्छिन्, दिदीलाई झैँ राख्नु भन्छिन्
मैले कान्छी नबनाए मर्ने कसम खाएकी छन्
सानु तिम्री बहिनीले मलाई नजर लाएकी छन्
अजित क्षेत्री
