केहि छैन उसको चाहना दुई छाक खान पाए पुग्छ
तन ढाक्ने गरि बस् कपडा लगाउन पाए पुग्छ
कर्ममा विस्वास गर्छ उ पसिना बगाउज जान्दछ
पहरालाईनै फारेर मूल निकाल्न सक्दछ
गरिब भन्छन उसलाई कस्तो हो या जालो
उसले मात्र सधै लगाउन पर्ने झत्रो झाम्रो र टालो
हुने खाने भनाउदाले भन्छन हेर कस्तो पाँखे
उसकै पसिना खाइरहेका छौ यो जानि राखे
सोषणमा विताउनुपर्ने जीन्दगी उसका पिडि सन्तती
मानव हो उ मानविय जिन्दगी छैन हेर कस्तो दर्गति
बुझ्दैन उसले जान्दैन उसले सामन्तिको हो यो सोषण
उसका सन्तानले पाएका छन उपहार भोकमरी र कुपोषण
यो देश सबैको साझा हो चाहिदैन यहा कोहि ठेकेदार
सदियौदेखि पिल्सिएकाछौ तिमी उठ्नपर्छ गर्नपर्छ खवरदार
हिटलरको शासन छैन हेर अब यहा तिमी डराउनु पर्दैन
मानव हौ तिमी पनि कोहि भन्दा कोहि पछि पर्नुहुदैन
आवाजलाई बुलन्द गर महलमा गुञ्जाउनु छ
मागेर पाइदैन भने खोसेर पनि अब लिनुपर्दछ
नडराउ तिमी, तिम्रा डराउने ति दिन गए
कटेरामा धुप बाल तिमी लामखुट्टे जाग्ने भए
अव बन्ने समाजमा तिम्रोपनि अस्तित्व स्विकार हुनुपर्दछ
तिम्रा छोरा छोरीलेपनि बोर्डिग स्कुल पढ्न पाउनु पर्दछ
तिम्रा चेलीको इज्जत अब राज्यले राखिदिन पर्दछ
समाजका ती पीपासुहरुलाई जेल नेल ठोक्न पर्दछ
खियाउटे शरिर हैन अब तिमी मोटाउन पर्दछ
तिमा्र भैसींको दुध आ तिमीलेनै खान पर्दछ
गैरीखेतको धान तिमै्र भकारीमा हुनु पर्दछ
नेपाल तिम्रो पनि हो नेपाली तिमी हुनुपर्दछ
