आनाकानी गर्छौ किन माया लगाउन
हुन्छ भने हुन्छ भन हुन्न भने हुन्न भन
तिमीसँग कहिले केही झुठो बोल्या छैन
मागें साथ मिठो माया अरु केही माग्या हैन
लैजानेछु तिमीलाई मेरो घर सजाउन
हुन्छ भने हुन्छ भन हुन्न भने हुन्न भन
आकाशको तारा झर्दा तिमीलाई नै माग्ने गर्छु
फुर्सद छैन एकै छिन तिमीलाई नै सोच्ने गर्छु
मनको कुरा सबै भने छोड अब लजाउन
हुन्छ भने हुन्छ भन हुन्न भने हुन्न भन
शब्द, स्वर, संगीत – यश कुमार
एल्बम – तिर्खा
