म आफ्नै आँगनमा ईनार बनाउँछु
मेरो भगवानलाई मेरै छातीमा सजाउँछु
मलाई धारामा रोक चाहे मन्दिरमा छेक
म आफ्नै बेग्लै संसार बनाउँछु
जहाँ बोली मात्र छ व्यवहार छैन
जहाँ मान्छेलाई मान्छेले मान्छे सोचिन्न
म यस्तो नगरमा कसरी रमाउँछु
त्यसैले अलग्गै दुनियाँ सजाउँछु
आमा मलाई कहाँ जन्म दियौ
यो संसारमा म जिउन सकिन
बाबा मलाई कस्तो कर्म दियौ
यो दुनियाँमा म रम्न सकिन
शब्द, स्वर, संगीत – यश कुमार
एल्बम – तिर्खा
