Skip to content

मन परेको मान्छेसँग


मन परेको मान्छेसँग, टाढा बस्नु पर्दा
सागर बन्थ्यो सँगाले भा, मेरो आँशु झर्दा

बाचा थियो सँगै जिउने, सयौं जुनीसम्म
बिच बाटो मै छुट्नु पर्यो, विवश्ताले गर्दा

हाम्रो माया अमर थियो, नौलो प्रेम कथा
बिचमै छुट़्यो कहानी, उन्ले बसाइँ सर्दा

शुन्य लाग्छ सँसार यो, एक्लो लाग्छ दुनियाँ
चुपचाप छु म, समयले जीवन हर्दा

चोइटिएझै भा’थ्यो मुटु, फुट्ला जस्तो छाती
अरुकै हातबाट, उनले सिन्दुर भर्दा

भासिए झै भा’थ्यो धर्ती, खसे जस्तो आकाश
डोली चढि अर्कैको, जँघार उनले तर्दा

नगेन्द्र थापा
राँखानी-५, बाग्लुँग
हाल, दक्षिण कोरिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *