यही वर्ष तिमीलाई म बेहुली बनाउँथें
केही वर्ष पख दुखमा पर्या छु
सपनाको संसार धेरै नै रमाइलो छ
तर म यथार्थमा जिउने गर्या छु
यही वर्ष तिमीलाई म आफ्नो बनाउँथें
केही वर्ष पख दुखमा पर्या छु
मायाको सिवाय अर्को संसार पनि छ
म त्यही संसार हेरी अघि बढ्या छु
यही वर्ष तिम्रो म सिउँदो रंगाउँथें
केही वर्ष पख दुखमा पर्या छु
शब्द, स्वर, संगीत – यश कुमार
एल्बम – तिर्खा
