धेरै वर्षपछि आज फेरि
त्यस्तै झरी पर्यो
तिमीलाई नै सम्झेर हो कि
हाँस्दा हाँस्दै आँसु झर्यो
त्यो झरीमा हामी दुवै सँगै थियौं
यो झरीमा आज म एक्लै भएँ
एक्लै भए नि रुझ्न मन लाग्यो
कहाँ छौ तिमी बुझ्न मन लाग्यो
यो झरी त्यहाँ पनि परेकै होला
त्यो झरी तिमीले पनि सम्झ्यौ होला
जसरी म रोएँ तिमीलाई सम्झेर
त्यसरी नै तिमी पनि रोयौ होला
शब्द, स्वर, संगीत – यश कुमार
एल्बम – तिर्खा

YEst kumar is the best Young
YEst kumar is the best Young artist of Nepal. His capacity is really very high as a writer,composer,musician,singer….. He is reallly very perfect~~~
Keep on it…………..
Ujwal Adhikari
Tongmyong University
Korea.