Skip to content


हर्ष र उमंगसँगै सपनाहरू छन मेरा
इच्छा र आकाँक्षाहरू छन
मैले जानिन कि
पूरानो बर्ष त्यसै बितेर गए
कि त मैले बिर्सेर भूल गरेको हुन सक्छ
अहँ ! यो हुनै सक्दैन
माँटोको माया छ मसँग
समयको छाया छ मसँग
मैले सम्झेकै छु हिजोका दिन
ती शान्ति परेवाहरू
धर्ती छाडेर
आकाशमा उडेका उडे थिए
बिभत्स्व हत्याको रगतले
कोरिएका पर्खालहरू
ईतिहाँस रच्न अँझै जीर्ण छन
सिरानोमा सन्तानको तस्वीर छोपेर
बंलेसीमा सिगरेटको ठूटा सल्काउदै
युग पर्खाईमा बसेकी मायालु आमा
बरू अच्चानोलाई थाहा होला
खुकुरीको चोट
कस्लाई नहोला र ?
आफनै सन्तानसँग
लुकामारी खेल्ने रहर
हो मेरा आवाज र सोचाइहरू
दविएका हुनसक्छन
म झुक्न सक्छु जंझिरको बन्धन देखि
तर म हार्न सक्दिन राष्ट्र प्रेम देखि
बरू म एकलो किन नहु
म दुख्न सक्छु
पीर व्यथाहरूमा लुक्न सक्छु
मेरो दुखाई र लुकाईको एक्लोपनमा पनि त माटो बोल्छ
जे होस…
नयाँ बर्षको आगमनसँगै
उडेका शान्ति परेवाहरू
गुंडमा फर्केर आउन
शान्तिका सन्देशहरू
नेपाली घरदैलोमा
ताजा अखबारसँगै छरिउन
आमाको न्यानो मायालु
सिरानोमा छोपिएका तस्वीरलहरूले
लाँखौ सन्तानको मुहार
उजेली जून झै देखाउन
यही छ मेरो नयाँ बर्षलाई
इच्छा चाहना र कामना पनि………।

Leave a Reply

Your email address will not be published. Required fields are marked *