Skip to content

किन होला मष्तिष्क नै थाकेको छ


किन होला मष्तिष्क नै थाकेको छ आजभोलि
सन्तापले भित्र भित्रै पाकेको छ आजभोलि

अनगिन्ती सम्झनालाई दवाउँदै सुत्दा पनि
कसले कसले सपनीमा डाकेको छ आजभोलि

बनाउँदै सबै कुरा प्रतिकूल र उल्टो मात्रै
समयले खाडलमा जाकेको छ आजभोलि

तुवालो र कुहिरो झैँ फैलिएर आकांक्षालाई
कालो कालो बादलुले ढाकेको छ आजभोलि

डर र त्रासले सताउँदै रात दिन सधैँ भरि
नियतिले तीखो वाण ताकेको छ आजभोलि

जिन्दगीको अवसान अशान्तिले नहोस भन्दै
हृदयले देवी देवता भाकेको छ आजभोलि

कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल:-न्युयोर्क,अमेरिका
22 December,2012

Leave a Reply

Your email address will not be published. Required fields are marked *