माँटोलाई टेक्दै गयो भने
माटोलाई थुक्दै हिड्यो भने
माटो रीसाउन सक्छ
उस्लाई पीडा हुन्छ
दर्द हुन्छ
कतै बिर्सन्नु भो कि
जीवन र मृत्युसँगै
हजुरहरूको बाँच्ने आधार त्यहाँ छ
हजुरहरूको
गाउँ घर र शहर त्यहाँ छ
नाता र रगत आफन्तहरू
पूर्खाको सभ्यता र ईज्जत त्यहाँ छ
त्यसैले माँया गर्न सिक्नोस
संधै खुशी राख्न सिक्नोस
यदि माँया दिन र खुशी राख्न सक्नुहुन्न भने
हजुरहरूलाई
थुक्ने अधिकार छैन
टेक्ने अधिकार छैन
बाँच्ने र बस्ने अधिकार छैन
किनकि तापाई हामी जस्तै
उस्को पनि सोचाइ र मन छ
इच्छा र चाहना छ
त्यसैले पराई नठान्नोस
एक फेर सोचि त हेर्नोस
अनि थाहा हुन्छ
यदि पहिचान र अस्तित्व बिरूद्ध
भावना र चाहना बिरूद्ध
खेलबाड गर्न खोज्नुहुन्छ भने
मेरो चुनौती भो हजुरहरूलाई
जीवन र मृत्युसँगै चितामाथि
आक्रान्त चित्कारमा माँटो बोल्छ
