Skip to content


भित्तामा टांगिएको फ्रेम
धमिलो थियो
अलि मैलो थियो
मैले सोचे
त्यहाँ
नयाँ तस्वीर सुहाउदैन
धमिलो मैलो हुन्छ
कुरूप अनुहार
देखाउछ कि कतै
त्यसैले
नयाँ बनाउने सोचाइमा
नुहाइदिए
लाली पौडर पोतीदिए
खिया लागेको पर्दामा
रंग हालिदिए
अहिले नै उडी हालु झै गरी
रंगीचंगी पुतली झै भयो

आज
धेरै समय पछिको अन्तरालमा
म त्यही फ्रेमलाई
उही स्वरूपमा भेटाउनेछु
या त
मैले सोचेकोभन्दा नितान्त
बेग्लै हुनेछ
तर उल्टो भयो
त्यहाँ त
धमिराको गोलो परेछ
माकुराले जालो भरेछ
म दंग परे
मेरो इच्छा मर्यो
मेरो हिम्मत सेलायो
अब त्यो फ्रेम
तस्वीर सजाउने लायकको छैन
मैले पिठ्यूमा बोके
र चिहानमा दाहसंस्कार गरे

यसरी नै हरेक दिन
प्रत्येक प्रहर
मेरो देशको कुरूपतालाई
नुहाउने गर्छु
नयाँ लुगाले सजाउने गर्छु
तर मेरो मेहनतलाई
सबैले ईर्श्या गर्छन
डाह गर्छन्
सोचे जस्तो हुदैन
भने जस्तो पाउदिन
र कविताको एउटा कुनामा
कोचारी दिन्छु
नजन्मिएको भए उत्तम हुन्थ्यो कि भनी
बिवस्ता यही छ
मैले यसै गर्नु सिवाय अरू केही छैन
अनत्यमा चिथोर चिथार पारेर
आगोमा जलाइदिन्छु
चिता मस्की मस्किएर हाँस्छ
मुख खुम्च्याई खुम्च्याएर गिज्याउछ
मेरो देशको सन्तानलाई
औंलाले ईशारा गर्दै
बेक्कम्बा सन्तान भन्दै
त्यही हाँसोले मलाई
एउटा पुरानो फ्रेम झै गरी
मुटु भित्र भित्रै सल्काउछ
संधै संधै जलाउछ संधै संधै पिरोल्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *