यो शहरमा
असंख्य देउताहरू छन
असंख्य देवीहरू छन
जो
आफू बाँच्न
बिपत्ती ल्याउछन
असीम बाढी पहिरो
भित्रयाउछन
सहराबिहीन टुहुरो झै बनेर
अरूलाई सताउछन
बनाउछन
प्रिय दास
प्रिय सेवक
प्रिय भक्तजन
र
लुट्छन
चुस्छन
नंग्याउछन
तरै पनि
कसैले बुझ्दैन्न देख्दैन्न
बुझेर पनि देखेर पनि
बुझ पचाएको हो कि
किन हो कुन्नि ?
आकाश छुने
महत्वकांक्षा
यसै गरी निरंकुशतामा
निहुरिएरै मर्छ जिन्दगी
चुस्नेको औकात
तृप्त नहुइजेलसम्म
नरीतिंजेलसम्म
चुसिरहन्छ पिइरहन्छ
जब भरिन्छ
जब रीतिन्छ
अनि
चल्छ शासन लातको
नपुगे हातको
नभए बातको
कसैलाई
बोलु बोलु नलाग्ने
पोखु पोखु झै नलाग्ने
कस्तो
अजीव छ संसार
अजीव छ मान्छे
उन्मात
बैंशलाई दबाएरै
जिन्दगी गुजार्ने
दिउँ त केही छैन
बास !
यही नै दिन सक्छु
सलाम छ मेरो हजुरहरूलाई

hats off
hats off
thank u
साकार जी,यहालाई नि सलाम !