आशा जति पानी भयो आँखाबाट छुटिरह्यो
बाध्यता र विवशताले घरि घरि चुटिरह्यो
देखेकी थिएँ सपना जुन अन्धकारमै बिलाएछ
पर्खिनेछ लाग्थ्यो तर समय यो गुडिरह्यो
किनाराको ढुङ्गा थिएँ भेलसँगै बढारिएँ
अमिलो भो जिन्दगी यो भोलि कतै चुँडिरह्यो
भाग्य टिप्न माथि उफ्रेँ टेक्ने जमिन हराएछ
फसें कता दलदलमा भाग्य अन्तै उडिरह्यो
पढ्न खोजेँ जिन्दगीको पल्टाएर पानाहरू
जवाफ कतै भेटिएन प्रश्नले नै कुटिरह्यो
सृजना न्यौपाने
दमक झापा

So nice.
So nice.