Skip to content


प्रत्येक नेपालीको मनमा लुम्बिनी प्रति आघात प्रेम छ
एक एक देशबासीका मनमा वुद्धको बास र स्नेह छ ।
वुद्घ जन्मे लुम्बिनीमा तपस्या सधै वनमा
नेपालबाटै विश्वभरि शान्ति ल्याउने धर्म सिकाए
नेपाली र एसियाबासीहरूबिच शान्ति छर्दै उनी रमाए ।

दुनियालाई आँखा तर्ने पनि पर्थे रे उनमा शरणमा
शान्तिप्रेमी मानवहरू सबै पर्थे रे उनका चरणमा
एसियाका तारा उनी सारा दुनियामै चम्के
उनका अर्ती र उपदेश सुनी सबैका आँखा उनी तिरै सन्के

विश्वसामु शान्तिको देश भगवान वुद्धकै चिनारी
प्रत्येक मानवीय हंशलाई शान्ति निम्तो बाडे सुपारी
हामी जस्तै मानव उनी भगवान सावित भए
शान्ति प्रेमी मानव जातिलाई कहिल्यै नमेटिने गुन लाए

मन मन तन तन आत्मा सबैलाई शान्तिको स्पर्श गराए
प्रेम सिकाए आदर्श सिकाए शान्तिको बाचा गराए
विश्वभरी शान्ति छरे उनले दुनियालाई आदर्श सिकाए
एसियाका तारा वुद्धले नेपालको नाउँ विश्वमा कहलाए ।

5 thoughts on “वुद्ध”

  1. मनिषा बैनी मैले तिमीलाइ एक
    मनिषा बैनी मैले तिमीलाइ एक पटक केही न केही लेखेको थिएँ अझ यस कविताका बारेमा ता नलेखी भएन । यो कविताको सुरुको हरफ ता सारै नै नहुने भएको छ । आघात शब्दको अर्थ तिमीलाइ थाहा छैन कि कसो हो । यहाँ तिमीले लुम्विनीप्रति भगवान बुद्धले आघात प्रेम गर्न सिकाए भन्नाले लुम्बिनीप्रति हत्या गर्न सिकाए भनेजस्तै भयो । आघात भनेको मार्नु हत्या गर्नु हो । अब आफै‌ भन कुरा मिल्यो मिलेन । उनैतिर आँखा सन्के भन्न पनि मिलेन । आँखा सन्काउनु भनेको गलत अर्थले हेर्नु हो । आफै‌ भन कुरा मिल्यो कि मिलेन ।
    कस्तो छुचो मान्छे भनौली सतर्क मात्र गराएको हुँ । अरु सल्लाह चाहिए मसँग निर्धक्क सोध है

    1. होम दाजुमलाई सुझाबका लागि
      होम दाजुमलाई सुझाबका लागि धेरै धेरै धन्यबाद मेरा यी कबिता हरु अलि पहिलाका हुन त्यसैले मैले सबै पठाएको छु गल्ती पनि रैछ अहिले मैले आफैले पनि महशुश गर्दैछु। कृपया हजुले मलाई फेन नम्बर दिनुभए म हजुरसंग राम्रो संग सुझाब लिने अवसर पाउनेथिए यदि मिल्छ भने manisha.nagarik@gmail.com.np पठाउनुहोला

  2. ‘आघात’को सट्टामा ‘निर्घात’
    ‘आघात’को सट्टामा ‘निर्घात’ भनेको भए केही मिल्ने थियो कि !

  3. आघात होईन “अगाध” अर्थात अति, धेरै, प्रशस्तै
    मनिषा जी को गल्ती त कमजोरी भयो तर होम सुवेदी जी तथा सम्पादक ज्युको बुझाई तथा सुझाव पनि मलाई मुनासिव लागेन।

    लेखाईमा स्पष्ट छ “प्रत्येक नेपालीको मनमा लुम्बिनी प्रति….. प्रेम छ” …. मतलब मनिषा जी ले उल्लेख गर्नु खोज्नु भएको “अगाध प्रेम छ” अर्थात अति धेरै वा प्रशस्त प्रेम छ तर, वहाँले गल्ती भनौं वा कमजोरीवश, “आघात” उल्लेख गर्नु भएछ। तसर्थ यहाँ हरुको सुझाव “आघात होईन अगाध” हुनु पर्नेमा अन्य हुन गयो।

    तपाईहरुको सुझाव दिने चेष्टा सह्रानिय छ तर, सुझाव सटिक हुनसके अझ राम्रो हुने थियो।

    1. हो । “निर्घात”ले काम चल्ला कि
      हो । “निर्घात”ले काम चल्ला कि !

Leave a Reply to Gaurabh Cancel reply

Your email address will not be published. Required fields are marked *