Skip to content

नहुने ती हल्लाहरू


नहुने ती हल्लाहरू, चलेको छ आज
नियतिले मलाई नै, छलेको छ आज

गल्तीबिनाको यो, सजाय हो कस्तो
दुखेर मुटु मेरो, जलेको छ आज

कस्को हो दोष यहाँ, जानिन नि मैले
थर्थराउदै हात पाऊ, गलेको छ आज

सोचेकोथे विश्वासले, राम्रै होला भनी
भत्किएर जडैसित, ढलेको छ आज

भनेकोथे सपनीलाई, पुरा गर्छु एकदिन
लागे बैरी सबैथोक, बलेको छ आज

रन्जना न्यौपाने
चरिकोट, दोलखा

1 thought on “नहुने ती हल्लाहरू”

  1. राम्रो गजल
    धेरै राम्रो लेख्नु भा छ ।
    हजुर को कलम ले थाक को थाक उत्कृष्ट गजल लेख्दै जाओस् ,
    शुभकामना अनगिन्ती

    समीर छेत्री
    दार्जिलिङ
    भारत

Leave a Reply

Your email address will not be published. Required fields are marked *