नहुने ती हल्लाहरू, चलेको छ आज
नियतिले मलाई नै, छलेको छ आज
गल्तीबिनाको यो, सजाय हो कस्तो
दुखेर मुटु मेरो, जलेको छ आज
कस्को हो दोष यहाँ, जानिन नि मैले
थर्थराउदै हात पाऊ, गलेको छ आज
सोचेकोथे विश्वासले, राम्रै होला भनी
भत्किएर जडैसित, ढलेको छ आज
भनेकोथे सपनीलाई, पुरा गर्छु एकदिन
लागे बैरी सबैथोक, बलेको छ आज
रन्जना न्यौपाने
चरिकोट, दोलखा

राम्रो गजल
धेरै राम्रो लेख्नु भा छ ।
हजुर को कलम ले थाक को थाक उत्कृष्ट गजल लेख्दै जाओस् ,
शुभकामना अनगिन्ती
समीर छेत्री
दार्जिलिङ
भारत