Skip to content


माया मीठो भन्थे अरु मलाई त भीर लाग्यो
भोग्दै जाँदा थोरै खुसी धेरै जसो पीर लाग्यो

हिजोसम्म बेग्लै थियो उसको सुख मेरो सुख
आज एउटै भएको छ हामी दुईको सुख दुख
हेर्दा हेर्दै आफुखुसी हिंड्ने दिन गएछ
उसको लागि हाँस्नु पर्ने बाँच्नु पर्ने भएछ

रुन पनि अब मैले उसको आँखा छल्नुपर्छ
हैन भने मेरो जीउको पीडा उसको मनमा सर्छ
तर्दा तर्दै मनको खोला मनको ठाउँ फिरेछ
आफ्नो बाटो अब उसको जिन्दगीले घेरेछ

शब्द – दिनेश अधिकारी
स्वर – रामकृष्ण ढकाल
संगीत – किरण कँडेल
एल्बम – आगमन

Leave a Reply

Your email address will not be published. Required fields are marked *