Skip to content

मेरा बितेका मुस्कानहरूले


मेरा बितेका मुस्कानहरूले
आज सताइरहेछ

चोट सहेर बाँचिरहेछु
आँसु पिएर बाँचिरहेछु
उनको झुटो प्यारमा बदनाम भएर
अहिले सताइरहेछ

फूल सम्झें मैले काँडा रहेछ
छातीभित्र आज बिझाइरहेछ
जसलाई आफ्नो सम्झें पराइ भएछ
अहिले सताइरहेछ

स्वर – पूर्ण परियार

Leave a Reply

Your email address will not be published. Required fields are marked *