शरणार्थी तिमीलाई शरण दिंदा
मत मरनार्थीसम्म भएको छु
तिमी साँडे गोरु भएर हिंडदा
म घाइते भएर बसेको छु
मैले तिमीलाई आँउला दिंदा
हातै गुमाउन पुगेको छु
राष्ट्रिय हितको कुरा गर्दा
म आतंकवादी भएको छु
पहिचान सँघीयता कुरा गर्दा
बिदोर्हिको नाम पाएको छु
तिमीलाई बाश दिंदा
कपाश नै पो हराएको छु
तिमीलाई सम्मान गर्दा
मेरो नामकाम हराएको छु
तिमीले मेरो देश बेच्दा
म धरधरि रोएको छु
टनकपुर हाम्रो होइनभन्दा
अब आँशूहरू पूछ्दै छु
सँघीयता पहिचान छैनभन्दा
खुकुरिमा शान लाउदैछु
जन्मभूमिलाई आघात पर्दा
म ज्यानको बाजी लाउदैछु
तिमी बवाँसो भएर कराउँदा
म बाघ गजरेर आउदै छु
ए! बवाँसो चोर स्यालहरू
कुकुर सम्मत बन्न सिक
अरुको झर्ने आंशुहरू
आँशुहरूको मर्म बुझ्न सिक
ए! पाखण्डि स्वार्थीहरू
माँयाको अर्थ बुझ्न सिक
ए!जातभात भेददन्डिहरू
मानव सबै एक भन्न सिक
तिमी शरनार्थि भएर आउदा
मैले शरण दिएको थिंए
भारतको लात खाएर आंउदा
मैले सहाराको हात दिएको थिए
तिमी भाउतारिएर हिंडदा
गाँश बाश दिएको थिए
किन भुल्न खोज्छेउ त्यो दिनहरू
तिमी पर्तिको मेरो मानवताहरू
किन बेच्छेउ मेरो भूमिहरू
हटाउ पाखण्डीपनहरू
सिक मानवताको पाठहरू
सुधार गायत्री मंत्रहरू
ल्याउ मानवीय सोचहरू
पबित्र बनाउ सोच्ने मनहरू
होइन भने ;—–
जरूर बग़्छन
रगतको खोलाहारु
पानी रंगबिहीन हुन्छ
याद गर रगत रातो हुन्छ
लडेको छू विश्वयुदहरू
रमेश लिम्बु
पाँचथर हाल् सिंगापुर
