Skip to content

चरी, आकाश, प्रेम र स्वतन्त्रता


चरी चित्त चोर्दै यतै छेउ आई
चरी प्रेमको गीतमा चिर्बिराई
चरी रङ्ग-आनन्दले दङ्ग आई
चरी प्रेमको किम्बु खाँदै रमाई ।।

चरीको सबै पङ्खमा लाख रङ्ग
चरीमा सधैँ देख्न पाऊँ उमङ्ग
चरीबाट नै प्रेम-चातुर्य जानूँ
चरी गान सुन्दा म झर्को नमानूँ ।।

चरीको पखेटाभरी व्योम पाऊँ
चरी-चक्षुमा दृष्टि राख्दा रमाऊँ
चरी प्रेमको दिव्यताले स्वतन्त्र
चरीभित्र नै उड्न पाऊँ पवित्र ।।

चरी यो उडोस् है उचालेर पङ्ख
चरी पिन्जरामा नहोस् हेर बन्द
चरीको म पूजा गरी डुल्न पाऊँ
चरी गानले ध्यानमा खुल्न पाऊँ ।।

चरी फुर्फुराई मनैसम्म आई
चरी चित्तमा माधुरी चिर्बिराई
चरीले उज्यालो छरी मित्रलाई
चरी यो उज्यालो छरी भित्र आई ।।

नरेन्द्र पराशर
छन्द : भुजङ्गप्रयात

http://narendraparasar.blogspot.jp/2014/04/blog-post_20.html

3 thoughts on “चरी, आकाश, प्रेम र स्वतन्त्रता”

  1. पराशरजी अब भने छन्दमाथि केही
    पराशरजी अब भने छन्दमाथि केही अधिकार जमाएको देख‌े । भाव पनि सग्बगाएकै रहेछ । खुसी छु । अरु पनि यस्तै सामग्री पढ्न पाइरहूँ ।

  2. परासर जी, छन्दमा राम्रै दखल
    परासर जी, छन्दमा राम्रै दखल गर्नुभएको रहेछ l यसको लागि धेरै धेरै धन्यवाद दिन चाहान्छु l अरु पनि यस्तै राम्रा कविताहरू यो मझेरीमा पढ्न पाइरहन पाउँ l

  3. नरेन्द्रजीको कवितामा विशेषता
    नरेन्द्रजीको कवितामा विशेषता नै विशेषता हुन्छन् – छन्द, संस्कृतको छाप, मिठा र सरल शब्द, सुन्दर भावना ।

Leave a Reply to tikamilan Cancel reply

Your email address will not be published. Required fields are marked *