तिमीसँग जिउने मर्ने चाहना छ मेरो
म तिमी बिना अधुरो तिमी मबिना अधुरो
मलाई जुनी जुनी जुनी जुनी तिम्रै हुने मन छ
फेरि फेरि फेरि नाइँ नभन्नु ल
म फूल हुँ सुवास तिमी हौ म जून हुँ किरण तिमी हौ
साथी मेरो मनको कुना कुनामा तिमी माया बनी बसेकी छौ
म तिमीबिना अधुरो तिमी मबिना अधुरो
मलाई जुनी जुनी जुनी जुनी तिम्रै हुने मन छ
फेरि फेरि फेरि नाइँ नभन्नु ल
म धून हुँ सरगम तिमी हौ म आत्मा ईश्वर तिमी हौ
साथी मेरो हर अंग अंगमा तिमी प्राण बनी बसेकी छौ
म तिमी बिना अधुरो तिमी मबिना अधुरो
मलाई जुनी जुनी जुनी जुनी तिम्रै हुने मन छ
फेरि फेरि फेरि नाइँ नभन्नु ल
शब्द – आचार्य प्रभा
स्वर – राजेश पायल राई
संगीत – बसन्त सापकोटा
