हिजो युद्धको नशा अझै टलटल छ
खै आज सम्म पनि किन ढलमल छ
क्रान्तिको युद्ध भित्र दोहोरो भिडन्तमा
जन्मेको संविधान अझै छलफल छ
जनताले आहुती, चढाको रक्तधार
सुकेको बागमती हेर्नु जलमल छ
जसले क्रान्ति गर्यो मात्र ढोंग रहेछ
क्रान्तिको नाउँमा ठूल – ठूला महल छ
प्रजातन्त्र – गण तन्त्रले केही गरेन
सिङ्गो यो देश आजसम्म कोलाहल छ ।
– © मानन्धर अभागी ।
