द्रौपदीको झैं आज मेरो, चिर हरण गर्यो
नचाहेर पनि त्यो, विदेशी कोठीमा पर्यो
सर्वस्व लुटियो आज, आफ्नै दाजु – भाइले
सगरमाथा जस्तो शिर, आज तल – तल झर्यो
आफ्नो आमा – बाबु सम्झें, सुन्दर गाउँ सम्झें
छाती पिटी – पिटी रुँदा, आँखामा आँशु भर्यो
दयाको भिख मागें, कति रोएँ – कराएँ आफू
चालिस हजारमा बेचेछुँ, नगर्नु – गर्नुगर्यो
गनेर साध्य हुँदैन, कमिलाका ताँतीहरू
प्रत्येक दिन टोक्दा, यो जिन्दगी नर्कमा मर्यो ।
– © मानन्धर अभागी ।
