Skip to content

आफ्नो जिन्दगीदेखि


आफ्नो जिन्दगीदेखि आफै, निराश देख्छु
भौंतारी यता – उता जान, हत्तास देख्छु

कलकलाउँदो त्यो जीवन, निराश – निराश
बादल मडारिँदा आकाशझैं, उदास देख्छु

किन होला आफ्नै जिन्दगीदेखि हारे जस्तो
खै आजभोलि कस्तो – कस्तो, आभाष देख्छु

सम्पूर्ण भएर नि आज, धोका पाउनाले
सँधैसँधै तिम्रो आँखामा, प्रवास देख्छु

एउटा तारा झरेर के भो, बाँकी थुप्रै छन्
मेरो यो कुराले तिमीमा, विश्वास देख्छु ।

– © मानन्धर अभागी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *