Skip to content

अचानो न हो जिन्दगी


अचानो न हो जिन्दगी, बाँच्नु पर्छ सहेर नै
खुकुरीका चोटहरू, खप्नु पर्छ मरेर नै

भाउजुको फरिया टुप्पोमा, दाजु पोका पर्दैछ
भाइहरू ओखलमा, नाच्नु पर्छ थिचेर नै

लुकाएकै रहेछ नि, अपार सम्पत्तिहरू
मुक्ति पाए दाजु – भाउजु, भरपाई गरेर नै

चुलो – चौका देवालीमा, भित्र्याएको छैन अझै
छि … छि दूर … दूर गर्दैछ, बेजात रे भनेर नै

दाजुलाई डोकाले छोपी, भाउजुले फटाए नि
हामी आफ्नै संसारमा छौं, कयौं जङघार तरेर नै

के नै विराम भो र हाम्रो, अंश दाबी त गरेनौं
आज दुश्मनी बनायो, तीखा आँखा गढेर नै ।

– © मानन्धर अभागी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *