हुने भए कात्रो ओढी, आर्यघाट फिर्ने थिएँ
आफ्नो लास आफैले, काँधमा भिर्ने थिएँ
मलामी विनाको लास, यस्तै – यस्तै हुँदो हो
जिउँदो यो लास आफै, आगोलाई गिर्ने थिएँ
घाटे बाहुनलाई दिने, आफूसँग द्रव्य छैन
मेरो कर्म गरी दिए, अर्को जन्ममा तिर्ने थिएँ
मेरो मृत्यु पश्चात, प्रत्येक कालो रातमा
मेरो मृत्यु माग्नेलाई, सँधै सँधै पिर्ने थिएँ
खरानी भै गो जिन्दगी, जस्को कारणले गर्दा
हुने भए उसलाई, बञ्चरोले चिर्ने थिएँ ।
– © मानन्धर अभागी ।