Skip to content

इमान क्रय बिक्रय हुन्छ


साँच्चै व्यस्त समय हुन्छ मानिसको यहाँ
किन कठोर हृदय हुन्छ मानिसको यहाँ

अहमताको जग थोरै हल्लिएमा सोच्छन्
कतै ठुलो प्रलय हुन्छ मानिसको यहाँ

दुखीलाई सक्दो जस्ले सहयोग गर्छन्
इच्छाशक्ति संचय हुन्छ मानिसको यहाँ

असत्य चैं हारी दिए सत्यलाई सम्झि
तब मात्रै विजय हुन्छ मानिसको यहाँ

लोभ पाप हिंसाबाट टाढै बस ‘घायल’
इमान क्रय बिक्रय हुन्छ मानिसको यहाँ

गुप्तेश्वर-३,रामेछाप
हाल:अलऐन,युएई

Leave a Reply

Your email address will not be published. Required fields are marked *