खाडीतिर आई बुझ घाम कस्तो हुन्छ
उजाड यो मरुभूमि ठाम कस्तो हुन्छ ।
रुखमाथि फलेको हो नसोंच यो पैसा
बुझ्ने गर बालुवामा काम कस्तो हुन्छ ।
सिरानीमा सपनाका खात लागेका छन्
भोग्दैछु म अभावको लाम कस्तो हुन्छ ।
बिदेशमा मोजमस्ति हुन्छ भन्ने लाग्ला
देख्या छैन डिस्को रामा-राम कस्तो हुन्छ ।
परदेशमा बाँच्छ ‘घायल’के को आधारमा?
वर्षौं भयो देख्या छैन खाम कस्तो हुन्छ ।
गुप्तेश्वर-३, रामेछाप
हाल: अलऐन, युएई

राम्रो गजल
खाडीतिर आई बुझ घाम कस्तो हुन्छ
उजाड यो मरुभूमि ठाम कस्तो हुन्छ ।
माथिल्लो हरफ छस्स फेसबुकमा हेर्न पाएको थिए आज यहाँ पुरै हेर्न पाए गजल हामी खाडी बस्ने र काम मात्र गर्नेहारुको लागि धेरै सान्दर्भिक लाग्यो सर ।
खाडीतिर आई बुझ घाम कस्तो
Keep this going please, great job!
खाडी
खाडीका नेपालीहरुको यथार्थ पीडा…!
खाडी….
वाह! मन छुने गजल… खाडीको कथा….!
यस मझेरीमा प्रकासित मेरा
यस मझेरीमा प्रकासित मेरा सिर्जना मध्य यो गजल करिब २५५६ पटक पढेर हौसला बढाई दिनु भएकोमा सम्पुर्ण आत्मिय मनहरुलाई हार्दिक आभार सहित धन्यवाद!