Skip to content

मेरो छाती दुख्नु पनि

NarendraRanaTrilochan


मेरो छाती दुख्नु पनि देशसँगै भयो
आस्था नाङ्गो हुनु पनि भेषसँगै भयो

धेरै टाढा पुगेका ए साँइला अनि माइला
घर अनि बाहिर पनि पेशसँगै भयो

कुइनेटामा भेटिएका दृश्य के सम्झनु
हर पाइला चाल्दा खेरि ठेससँगै भयो

यतातिर सुशासनको झरी पर्न छोड्यो
भए जति सबको नाल नेससँगै भयो

नरेन्द्रकुमार राना
रुकुम, नुवाकोट

Leave a Reply

Your email address will not be published. Required fields are marked *