छरिएका मनहरू सँगाल्नु पर्छ अब देशका लागि
चिसिएको रगत उमाल्नु पर्छ अब देशका लागि
जातीय झण्डा थान्को लगाऊँ कतै एक कुनामा
राष्ट्रिय झण्डा उचाल्नु पर्छ अब देशका लागि ।
बाँसुरीको सुरिलो धुनले हृदय झङ्कार हुन सक्छ
धन पद र रुपमा असीमित अहङ्कार हुन सक्छ
कसैले जात भात र छुवाछुतको वकालत गर्छ भने
उसबाट मानवता माथि अत्याचार हुन सक्छ ।
सपनाको ब्यापार गर्ने ईलम नगर
साँस्कृतिक रुपातरणमा बिलम्ब नगर
बधू पक्षसँग दाइजो मागेर हे युवा !
आफ्नो पुरुषत्वको लिलाम नगर ।
