नलेख्नु पर्ने कुरा लेखियो शहरमा
पाइलै नटेक्नु थियो टेकियो शहरमा।
लजाउँथें पैलेपैले बानी भो अब त
नदेख्नु पर्ने सप्पै देखियो शहरमा।
लाउने पहिरन झूटो, बोल्ने बोली झूटो
पर्दाभित्र यथार्थ छेकियो शहरमा।
अलि सस्तो छ साथी पानीभन्दा रक्सी
अनि कहाँ बिक्थ्यो र ! ठेकी यो शहरमा।
साँच्चिकै सुन्दर थिए हरेक पृष्ठहरू
नैतिकताको पुस्तक फेंकियो शहरमा ।
काभ्रे, रयाले
