Skip to content


फूलसँग डर लाग्छ
काँडाको नै भर लाग्छ ।

यस्तो किन हुन्छ भन
तिमीमै नजर लाग्छ ।

कुन्नि किन हिजोआज
बेइमानी नगर लाग्छ ।

शायद मर्यो मानवता
निर्मोही शहर लाग्छ ।

आफ्नाहरू खै कहाँ छन् ?
विरानो यो घर लाग्छ ।

छुराभन्दा पनि तीखो
तिम्रो त्यो अधर लाग्छ ।

मर्नेहरू सम्झेपछि
घनु् चैँ अमर लाग्छ ।

शनिश्चरे, मोरङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *