सोझो मनसँग नाता जोड्यौ अब भन्छ्यौ म चिन्दिन,
शंकैशंकामा नाता टुटायौ अब भन्छ्यौ म चिन्दिन
मन दुख्दा हिम्मत टुट्दा आसुँ भेल बगिरहे,
मेरा सबै हाँसो खुसी लग्यौ अब भन्छ्यौ म चिन्दिन
सपना सबै तितर बितर भलले बगाई लग्दा,
कति दुख आपत आयो मलाई अब भन्छ्यौ म चिन्दिन
कुरा गर्छ्यौ साहसको मलाई भन्यौ नार्मद यो,
आसुँको बाढीमा म डुब्दा नदेखेझै अब भन्छ्यौ म चिन्दिन
म माया गर्छु भनी रित्याएर गयौँ मलाई,
सधैँ सम्झी राख्ने कहानि रचायौँ अब भन्छ्यौ म चिन्दिन
सोझो मनसँग नाता जोड्यौ अब भन्छ्यौ म चिन्दिन,
शंकैशंकामा नाता टुटायौ अब भन्छ्यौ म चिन्दिन
बादल आचार्य
धनवाङ ३ कपुरकोट सल्यान