मनभन्दा ब्यस्तता बलवान,
मनले जित्न सकेन अनि,
व्यस्तताले हार्न चाहेन ।
घना जंगलमा स्च्छन्द,
घुम्ने पन्छी जस्तै,
मन ब्यस्तताको,
पिजडामा छटपटिन्छ,
उड्न खोज्दै ..,!
मात्री भूमिको सपनामा,
बालसंगत आफ्नो इतिहास,
त्यहीभित्रकासँगको मिठास
वर्षौको सन्त्रिप्त विचरणको आश,
घर परिवार आफ्नै आफ्नै
शोच आफ्नै,…
बाहना मात्र सहकार्यको
सहकार्य जस्तै भए पनि,
बाहना आफ्नैआफ्नै.
मानव बोली सिक्न पर्छ,
बुझ्न पर्छ ब्यवहारमा
अभिनय ढक्कन हो रैछ र त ?
मनभित्र अर्कैले राज गर्दो रैछ,!
मेरो खुशीमा खै कसरी,
तिम्रो खुशी होला?
मबाट मात्र पीडा वहन्छ…
सागर झै आँसुका,
नदीहरूको संगम ।
कस्ले नुहाउछ ?
हिमालबाट सर्रर झर्ने,
पवित्र गंगा छाडेर ।
अनि,
हिमाल,पहाड,
उपत्यका र तराइका,
फाटिला उर्वर भूमिका,
सिल्पकार मानव वस्ति र..,
त्यस्ले वनाएका,
सन्जाल उदीयमान र,
उत्साहले छाडिसकेको..
थोत्रा र समयगति,
प्रतिकूल वोझ झै..
डुव्दो सूर्य झै क्षितिज संग,
हातेमालो गर्दै,!
मानव लाश,
जलाएर आउने
मलामीको मन,
भित्र वैराग्य छर्दै,
आँखाको रोशनिमा,
विलिन हुदै,
गन्तव्यहीन,
तुफानमा हराउन
अन्तहिन अन्तरिक्ष वुझ्न
व्रम्हाण्डका पिण्ड भित्र
अणुको ज्ञानमा लिनहुन
व्रह्मविद्या अपरा सम डुव्न
हराउन सबैबाट ..!
आफूबाटै हराउन,
हो वज्र जस्तै रहेछ यो मन,
मैले थाहा पाएँ,
भो मैले थाहा पाएँ।
अब,
यो तृष्णा रुपी मनलाई,
अनि,
यो माया रुपी जन्जाललाई,
टाढा फ्याँकिदिन्छु…
हराओस् ..
कहीं नभेटिने गरी ।
बिलाओस्,
धर्तीमा पानी सोसे सरी,…!
निशा खनाल अर्याल
इजरायल

Sundar ! Ati sundar !!
Sundar ! Ati sundar !!