अहो दशै आएछ !
कसैले दारु पिउदै दाम फिटिरहेछ !
कसैले दारु पिउदै स्वास्नी पिटिरहेछ!
भट्टीको बाँस हुदैछ !
सुन्दैछु साहुनी खास हुदैछ !
इज्जत सबै नास हुदैछ !
दशैको मुखैमा कसैको मदिरासगँ सहवास हुदैछ !!
अहो दशै आएछ !
चारैतिर खुल्लमखुल्ला नोट हुदैछ !
स्वास्नीको जवानी खोट हुदैछ !
भट्टी पवित्र मोठ हुदैछ !
चढाएर दुइचार प्याग, अब नपिउने अठोट हुदैछ !
अहो दशै आएछ !!
छोरछोरीको पुकार नसुन्ने भित्तो हुदैछ !
रक्सीसगै खल्तीपनि रित्तो हुदैछ !
तरपनि पिउन मरिहतो हुदैछ !!
सपना ढाल्न आउने दशैको के महत्वो हुदैछ ?
#आरपि निर्मल
स्याङ्जा
