Skip to content

तीन मुक्तक (थकित पीडित मन)


एक
थकित पीडित मनसँगै तिमी कतारमा छयौ होला
टुहुरो भाइ बिर्सेर मालिक रिझाउने हतारमा छयौ होला
नेपाली आफूलाई भाग्यमानी ठान्छन् साच्चै हो र दिदी
भाइभगिनी प्रेमोत्सबको दिन तिमी आँसुको तिहारमा छयौ होला ।

दुई
आशाको दियो बालेर भबिष्य चियाइरहेछु
पिउने पानी छैन आफ्नै पसिनाले नुहाइरहेछु
यो अमूल्य पसिना आफ्नै खेतबारीमा चुहाउनु पर्नेथ्यो
बिडम्बना मलेसियाको जङ्गलमा चुहाइरहेछु ।

तीन
तिमी गुनासो गर्दैछौ म आभारको कुरा गर्दैछु
तिमी पुनश्च भन्दैछौ म उपसंहारको कुरा गर्दैछु
बौध्दिकता सामु भौतिक सुदर्शन केही होइन
तिमी रुपको कुरा गर्दैछौ म सारको कुरा गर्दैछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *