अघि बढुँ बाधाहरु लम्पसार हुन्छन्
पछी हटुँ दुख मात्रै उपहार हुन्छन् ।
उज्यालैमा हिंडे पनि देखिंदैनन् लक्ष्य
रातमा त अझ धेरै अन्धकार हुन्छन् ।
कस्को भर पर्नु अब संसार छ जाली
मान्छेभन्दा कुकुर बरु बफादार हुन्छन् ।
काँडाहरु बिरुद्धमा जुलुस गर्छन् फूल
साँच्चै रैछ आफ्नैबाट अत्याचार हुन्छन् ।
तिम्रो मनको संघारमा बास माग्न आएँ
म आउँदा सँधै किन काँडेतार हुन्छन् ।
गुप्तेश्वर-३,रामेछाप
हालःअलऐन,युएई
