Skip to content

रुँदैछन आज दिलहरू


रुँदैछन आज दिलहरू, हसाऊ ए साथी
भुलाई अब वेदनालाई, नचाऊ ए साथी

तिम्रो र मेरो यहाँ, के चै छ र नभन है
याद छ त्यो अमर हाम्रो, बचाऊ ए साथी

मन हुन्छ हलुका, एक्लै रोई बस्दा खेरी
जति छन् ती आसुहरू, खसाऊ ए साथी

दुई दिनको नाता यो, छुटिने छ एकदिन
रमाई अब खुशी जीवन, बसाऊ ए साथी

रन्जना न्यौपाने
चरिकोट, दोलखा

Leave a Reply

Your email address will not be published. Required fields are marked *