Skip to content

अनेसासको ईजरायल च्याप्टर गठन
समुद्रपारि डट कम सम्बाददाता –

३ जनवरी, ०९ । इजरायलको तेलअभिभमा लेखक साहित्यकार तथा साहित्यप्रेमीहरुको शुक्रबार भएको एक भेलाले नेपाली भाषा साहित्यको प्रचारप्रसार गर्दै विश्वसामू चिनाउनुकासाथै प्रवासमा रहेर नेपाली साहित्यमा थप योगदान पुरयाउने उद्देश्यका साथ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज इजरायल च्याप्टर गठन गरिएको छ ।

सो भेलाबाट च्याप्टरका अध्यक्षकारुपमा गीतकार/साहित्यकार सुनिल संगम चुनिनु भएको छ । उहाँ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) द्वारा प्रकाशित हुने पत्रिका अन्तर्दृष्टिका अन्तर्राष्ट्रिय सम्पादक पनि हुनुहुन्छ । अनेसास इजरायलका अन्य पदाधिकारीहरुमा नवराज आचार्य उपाध्यक्ष, कृष्ण थापा महासचिव, हरि मानन्धर सचिव, सीता बराल कोषाध्यक्ष तथा सदस्यहरुमा कलाकोयु राई, सुमन कार्की, शंकर पौडेल र मालति ताम्राकार हुनुहुन्छ भने सल्लाहकारहरुमा दिवाकर अधिकारी र अधिवक्ता श्याम रोक्का रहनु भएको छ । सोही दिन बसेको अनेसासको बैठकलाइ सम्बोधन गर्दै अध्यक्ष सुनिल संगमले आगामी दिनहरुमा इजरायलमा रहेका साहित्य सर्जकहरुलाई समेट्दै अनेसास इजरायल च्याप्टरको साहित्यिक गतिबिधिलाई सक्रियताका साथ लैजाने कुरा व्यक्त गर्नुभयो । ***

1 thought on “अनेसासको ईजरायल च्याप्टर गठन”

  1. अनेसासको ईजरायल च्याप्टर गठन

    अनेसासको ईजरायल च्याप्टर गठन भएको मा अनेसासको ईजरायल परिवार लाइ हार्दिक बधाई तथा शुभकामना !!!

    — जे.बी.शेर्पा

Leave a Reply

Your email address will not be published. Required fields are marked *