मलाई थाहा छैन तपाईं किन मसँग रिसाउनु भयो । तपाईं मेरो अहिलेसम्मकै सम्मानित र सच्चा साथी जस्तो लाग्थो मलाई । तर समय परिवर्तनसँगै मानिस पनि त परिवर्तन हुनै पर्ने रहेछ क्यारे । सायद यही भयो होला। सधैं हाँसेर बोल्ने मेरो साथी आज मसँग रिसाएर नबोल्दा कता कता मनमा नराम्रो लगिरहेको छ ।
साथी, मैले तपाईंलाई कुनै समयमा पनि नराम्रो सोचेको छैन र कदापि नराम्रो सोच्न पनि सक्दिन । तपाईं त एकदम निस्वार्थी र सहयोगी हुनुहुन्छ । म तपाईंसँग कसरी रिसाउन सक्छु र ? तर मलाई थाहा भएन तपाईं के कारणले मसँग यसरी टाढा हुनु भयो । यो ठाउँमा मैले धेरै किसिमका मनिसहरू देखेको छु ।
कुनै एक व्यक्तिले त मेरो नराम्रोसँग बदनाम गरिदिनु भयो । जुन म कहिल्यै भुल्न सक्दिन ।
हुन त मानिसको आ-आफ्नो हेर्ने तरिका हो कसैको नकरात्मक सोच हुन्छ त कसैको सकारत्मक । तपाईं त सधैं सकारात्मक सोच राख्ने मानिस किन के कारण थियो जस्ले तपाईंलाई मसँग रिसाउन वाध्य बनायो ? हुन त आफ्नो भाग्यको खेल होला सायद मैले चाहँदा-चाहँदै पनि थाहा छैन के भयो तपाईंलाई साथ दिन सकिन ।
आज मलाई मेरो मनमा एउटै प्रश्न आइरहेको छ के कुरा थियो त्यस्तो जुन कुराले तपाईं जस्तो असल् साथीलाई आज मैले गुमाएँ ।
साथी तपाईंले पनि मझेरीमा केही पत्र पठाउनु भा’को रहेछ । त्यसैले कुनै दिन त अवश्य हेर्नुहुने छ भन्ने आशमा यो सन्देश पठाएको हुँ । म तपाईंसँग मनदेखिनै माफि माग्न चाहन्छु । यदि सक्नुहुन्छ भने तपाईं मलाई माफ गरिदिनु होला ।
रन्जना न्यौपाने

रन्जना न्यौपानेजी तपाईंको यो साथीलाई सन्देस”
रन्जना न्यौपानेजी तपाईंको यो “साथीलाई सन्देस” धेरै राम्रो लाग्यो । कहिले कांही थाहै नपाईकन साथीहरु रिसाइरहेका हुन्छन आफ्नो गल्ति बिना । तर यसमा तपाइँले गल्ति नै गर्नु भएको छैन भन्नु हुन्छ अनि फेरि माफि पनि माग्नु हुन्छ । गल्ति नै नगरिकन माफि के का लगि ? यसरि गल्ति नै नगरि किन माफि माग्ने ? अझ….. त्यै पनि मन देखि …… मलाइ त चित्त बुझेन नबिराउनु नडराउनु । के को माफि आफुले गल्ति नगरे पछि ।
यो त सिधा चिठी भएन र?
यो त सिधा चिठी भएन र? साहित्यिक रचना भनेर मझेरिमा राख्न तेति उपयुक्त देखी एन । तर मनको भावना भने राम्रोसँग पोखि एको छ ।
hello
Birkha man ji हजुरको कुरा एकदम सही हो,तर कोही साथी यस्ता हुन्छन् जो मन मा हुन्छन र बिनाकरण रिसाउदा मन दु:खछ। तेसैले माफि मागेको हो । कुनै बेला अन्जानमा मानिसबाट गल्ती भएको हुन्छनी हैन र ?माफी माग्दैमा हामी सानो त हुँदैनौ नि हैन र ?