१)
तन-मनमा खुशी र नातामा पनि जोड, ल्याइदिन्छ मंसिरले
अब सँगै जिउने- मर्ने भनी अठोट, ल्याइदिन्छ मंसिरले
कैंयन जोडीलाई खुशीमाथि हर्षको बहार ल्याइदिइरहँदा,
कतिलाई मनभित्र गहि….रो….घाउ अनि चोट, ल्याइदिन्छ मंसिरले
२)
जनताको सपना पुरा गर्छु भन्दै, हँसाउनुभो नेताजीले
सहिदको आत्मा खुसीले भर्छु भन्दै, हँसाउनुभो नेताजीले
म्याद थप्दा थप्दै संविधानको माघ आठसम्म आइपुग्दा,
घोषणा नभए यो पाली मर्छु भन्दै, हँसाउनुभो नेताजीले
३)
संविधान देऊ माघ आठ्मै पैलेझैं पारा, नदेखाऊ नेताजी
उस्तै काममै उस्तै ठाउँमै, पैलेझैं नारा, नदेखाऊ नेताजी
चुनाव जिताई विधान लेख्न भनी पठाका हौँ तिमीलाई,
भाषण छाँटी भोट माग्न पैलेझैं दाह्रा, नदेखाऊ नेताजी
४)
सजियौ हौली त्यो दिनमा त साडी घुम्टो, चोलीमा
कम्पन आयो बोल्न खोज्दा त्यो मिठो, बोलीमा
रुँदै… बसे, धमि….लो देखे, आँसु थ्यो आँखामा,
भयो या भएन मन खुशी तिम्रो पराईको, डोलीमा
५)
माया गर्ने मान्छे हिजो आज, टा…ढा… भैदिए’सि
लाको माया खाको कसम, गा…ढा… भैदिए’सि
जीवन-मरणको दोसाँधमा पागल बनी बाँचिराछु,
फूल सम्झी ला’को माया, काँ…डा… भैदिए’सि
६)
आज पनि ठुलाको अगाडि सानाको हार भएको छ
जिम्मेवारी पुरा गर्नुछ भन्थे आज त्यही भार भएको छ
कस्तो परिबन्धमा परियो खोइ यो जिम्मेवारीको….,
नखाम दिनभरको सिकार, खाम कान्छाबाऊको अनुहार भएको छ
७)
भुल्छुभन्दा ती तस्वीर अनि यादको लाम, भाको छ
पुराना ती पल आँखा अनि मनमा तमाम, भाको छ
जति भुल्छु भने पनि अतित अनि तस्बीरलाई,
घुमिरहन्छन आँखाँ भरि सारा प्रयास बेकाम, भाको छ
८)
आफ्नोभन्दा अरुको बढी, पीर आजभोलि
मुटु वारि छ… धड्कन पारि, तिर आजभोलि
कस्लाई सुनाउँ कपट भयो म माथि भनी,
मन बुझाउछु यस्तैछ भनी, तक्दिर आजभोलि
९)
भमरा झैं फुल फुलमा डुल्न नजाने’सि
बैंश को जोशलाई उसले भुल्न नजानेसि
उसको र मेरो सम्बन्ध छुट्नुको कारण यो छ कि,
पोखिएको उसको बैंश बटुल्न नजाने’सि
